• २०८१ असार १२ मङ्गलबार

वानीरा पुरस्कार काइँला पराजुली र बोटेलाई

काठमाडौँ । वानीरा फउन्डेसनले साहित्यकारहरू वैरागी काइँला, गोपाल पराजुली र भीमबहादुर बोटलाई पुरस्कृत गरेको छ । मीनभवनस्थित वानीरा फउन्डेसनको सभाहलमा आयोजित कार्यक्रममा फाउन्डेसनका संरक्षक इन्जिनियर शङ्कर गिरीले स्रष्टाहरूलाई पुरस्कृत गरेका हुन् ।

फाउन्डेसनले नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि सात दशकदेखि काव्य साधनामा निरन्तर समर्पित रहँदै विशेष गरेर तेस्रो आयामको प्रवर्तनका साथै नेपाली कविताको संवद्र्धनमा विशिष्ट योगदान गर्ने प्राज्ञ वैरागी काइँलालाई ‘वानीरा प्रज्ञा पुरस्कार’ समर्पण गरेको हो । डा। वानीरा गिरीका सम्मानमा स्थापित ‘वानीरा प्रज्ञापुरस्कार’को राशि एक लाख रुपियाँ रहेको छ ।