• २०८१ श्रावाण ११ शुक्रबार

सम्झिने मन छैन

इन्द्रेणी शर्मा जलद

इन्द्रेणी शर्मा जलद

टिभीमा प्रकाश सपूतको पिरको भिडियो हेर्दै गर्दा भावुक हुँदै आँसु टिलपिलाए राधाका । आफ्नो भाई रुपेश र रामकृष्णलाई सम्झिन पुगिन् ।उनीहरू परदेशिएको वर्षौ भयो रुपेश फर्के तर राधाकृष्ण फर्केनन् । राधाले अनायास आफैंमा हराउन पुगिन् ।

रामकृष्णलाई द्वन्दकालमा बाँच्न मुश्किल हुँदै थियो । समय कठिन थियो । रातारात जिल्लामा पुगेर मुग्लानतिर हानिए । सामाजिक वातावरणमा हुर्केका राजारामले भने जबरजस्ती विद्रोही समूहमा सामेल हुनु पर्यो । उनी दोहोरो भिडन्तमा म्याग्दीको बेनीमा मारिए । राधाकृष्ण माष्टरी गर्थें गाउँकै स्कुलमा । धेरै पटक उर्दी आउँथ्यो अटेर गरेर बसेका थिए । एकदिन गाउँकै साहुकान्छाको हत्या गरे पछि उनी छाँगाबाट खसे । युद्ध विराम गरेंपनि नयाँ पद्धति आएपनि समाजको परिवेश उनको लागि सहज थिएन । छापामारको निशानामा थिए र हराएको वर्षौं भएको थियो ।

युट्युबबाट एकदिन प्रकाश सपूतको गीत सुने । उनको गितले हंगामा मच्चाएको थियो । पुरानो याद आयो । आज उनले आफ्नो जीवनको बारेमा भएको अत्याचार सम्झे । सुकिला मुकिलाहरुको जीवन शैली हेरेँ । युवा पलायन हुनुको कारण बुझें ।
दिक्क लाग्ने ती दिनहरु सम्झिए । नरहरि कमरेडले सुनाएका भाषण सम्झे । एकदिन अचानक उनीसँग नै कतारमै भेट भयो । धेरै कुरा भएपछि नरहरीले आक्रोश पोख्दै भने राधाकृष्ण दाई देश त स्वाहा पारे पारे हामीलाइ के के सपना बाडेनन् ।

माफ गर्नुहोस् भाइ तपाईंले नै पहिले मलाई तारो बनाएको हुनुहुन्थ्यो भुल्नु भयो ? भो अरु सम्झिने मन छैन ।
भन्नोस् के गर्नु हुन्छ तपाईँको कमरेडलाई ??
के गर्नु ? आफैँ लाचार र हिनता बोधमा छन् जिउँदो लास बनेर सडक र सदनमा दिन बिताएका छन् ।
एकदिन अचानक राधाको फोन आयो धेरै कुरा भए समाजको स्थिति बिग्रेको उस्तै थियो पछि उनी नेपाल आए ।
छोरा छोरी विदेश पलायन भै सकेका थिए । गाउँबस्ती सुनसान थियो । विगत अत्यंत हृदय विदारक थियो । त्यो सम्झिन् चाहँदैनथे । देशको राजनीति दिनप्रति अत्यंत नाजुक हुँदै थियो । छिमेकीको गिद्दे नजर ढुकिरहेको महसुस हुन्थ्यो ।
रामकृष्णको मन झन दुःखी थियो । जवाफ थिएन यादहरुलाई दिने ।


इन्द्रेणी शर्मा जलद, लन्डन, बेलायत
[email protected]