समाचार

देश भए हामी हुन्छौं बुझ्नु पर्छ नेपाली हो
छिमेकीको इशारामा झुक्नु हुन्न नेपाली यो
वीर गाथा नेपालीको गोर्खालीको विरताले
हाम्रो झन्डा साक्षी राखी देशभक्ति धिरताले
विश्वभरी चर्चित छ सम्पदाको लागि धनी
देश भक्ति बाँच्नुपर्छ जहाँ हामी भए पनि !
हिमालको छाति हाम्रोे पहाडको सेरोफेरो
नदीनाला प्रकृतिको तराईको घर मेरो
सम्झि रहुँ मेरो देश मुगलानमा भए पनि
सीता बुद्ध जन्मभूमि सम्झिएर अझैं धनी
यो माटोमा शहिद र विभूतिको गरिमा छ
पुर्खाले दिए आस्था जगत्को महिमा छ
हामी जहाँ भए पनि हाम्रो देश नेपाल हो
वीरताको इतिहास नेपालीको हिमाल हो
मोहन आचार्य जलद, लन्डन, बेलायत
[email protected]