• २०८१ बैशाख ८ शनिवार

विश्वकविता दिवस सम्पन्न

काठमाडौँ÷८ चैत २०७८

नेपाल प्रज्ञा-प्रतिष्ठानले सोमबार करिब तीन दर्जन कविहरूद्वारा कवितावाचन गराएर विश्व कविता दिवस (मार्च २१) मनाएको छ ।

नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ प्रा.डा. हेमनाथ पौडेलको सभापतित्वमा सञ्चालित ‘विशेष कविगोष्ठी’ मा प्रा. डा. पौडेल, प्रज्ञा-प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङ र प्राज्ञ प्रा.डा. देवीप्रसाद उप्रेतीले मन्तव्य व्यक्त गरेका थिए ।