• २०८० असोज १५ सोमबार

विश्वका राष्ट्रिय गान नेपालीमा प्रकाशन

नेपाल वाङ्मय फाउन्डेसन’ ले विश्वका १९५ देशका राष्ट्रिय गानहरू नेपाली भाषामा अनुवाद गरेर ‘विश्वका राष्ट्रिय गान’ शीर्षकमा पुस्तक प्रकाशन गरेको छ । याे पुस्तक निकट भविष्यमै एक विशेष समारोहबीच लाेकार्पण हुँदै छ । फाउन्डेसनका अध्यक्ष डा. विप्लव ढकालका अनुसार यस पुस्तकमा संयुक्त राष्ट्र सङ्घका १९३ सदस्य राष्ट्रहरू तथा २ पर्यवेक्षक राष्ट्रहरूका राष्ट्रिय गानहरू समेटिएका छन् ।

पुस्तकका सम्पादक तथा निर्देशकसमेत रहेका ढकालले याे पुस्तक संसारभरिका देशहरूकाे हृदय जाेड्ने पुलकाे प्रतीकका रूपमा रहने विश्वास व्यक्त गरेका छन् । याे पुस्तक विश्वशान्ति, सद्भाव र भाइचाराकाे कामनासहित नेपाली पाठकहरूमा देशभक्ति र राष्ट्रियताकाे सन्देश प्रवाह गर्ने उद्देश्यका साथ प्रकाशित हुन लागेको हाे ।

पुस्तकभित्र सम्माननीय राष्ट्रपति रामचन्द्र पाैडेल, नेपालस्थित संयुक्त राष्ट्र सङ्घका महामहिम आवासीय संयाेजक हाना सिंगर-हाम्दी तथा फाउन्डेसनका विशिष्ट सल्लाहकार शङ्करप्रसाद काेइरालाका मन्तव्य समेटिएका छन् ।

यस पुस्तकका प्रकाशन साैजन्यकर्ता उमेश श्रेष्ठ तथा तेन्जी शेर्पा रहेका छन् भने मूल अनुवादक प्रदीप निराैला र व्यवस्थापक डा. पद्मा अर्याल रहेका छन् । यही पुस्तककाे प्रकाशनसँगै नेपाल वाङ्मय फाउन्डेसनको औपचारिक उद्घाटन हुन लागेको कुरा आयाेजकहरूले बताएका छन् ।