गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले वि. सं २०८१ को पुरस्कार तथा सम्मान घोषणा गरेको छ ।
प्रतिष्ठानको स्थापना दिवसका अवसरमा हरेक बर्ष प्रदान गरिने पुरस्कारहरूमा २५ हजार राशीको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार २०८१ प्राज्ञ सरूभक्तलाई, २५ हजार राशीकै नेपाल अधिराज्यमा तनहुँ कृति वाङमय पुरस्कार २०८१ डा।सत्य प्रकाश तिवारीलाई, १० हजार राशीको गीतल राष्ट्रिय पुरस्कार २०८१ ओम रिजाललाई तथा पाँच हजार राशीको ‘गीतल प्रतिभा पुरस्कार’ २०८१ नारायण कैलाश सिग्देललाई प्रदान गरिने भएको छ ।
प्रतिष्ठानका पदाधिकारी एवम् पुरस्कार छनौट समितिका संयोजक तथा सदस्यहरू सहभागी रहेको विशेष बैठकले सो निर्णय गरेको हो । यसैगरी यस वर्षबाट थालनी गरिएको सरदार यदुनाथ खनाल सम्मान भने केही समय पछि सार्वजनिक गरिने जनाइएको छ । पुरस्कार र सम्मान २०८१ चैत मसान्तभित्र विशेष कार्यक्रमको आयोजना गरी समर्पण गरिने गीतल प्रतिष्ठानका अध्यक्ष आकाश अधिकारीले बताउनुभयो ।