कविता–मारवाड़ी

जिन्दगीका प्रत्येक प्रहरमा
समेट्दै आशाका किरणहरू
परिस्थितिसँग गर्छे सम्झौता
इन्द्रेनीका सप्तरङ्गी किरणहरूसँगै
परिस्थितिका अनेक रङमा रङ्गिँदै
साकार पार्न आफ्नाहरूका सपना
एक त्यान्द्रो झिनो मायाको भरोसामा
पुग्छे हाँसीहाँसी
चिताको आगोसम्म
छोड्दिन
कुहिएको बिउ भए पनि,
लगाउन बाली
गरिरहन्छे मलजल,
बाँझो सपनामा छरेर
अनुरागको सुवास
गर्छे रूखासुखा सम्बन्धहरूको रेखदेख
व्यथाको मरूभूमिमा
गर्छे आशाका पुष्पहरूको व्यवसाय
अनुशासनमा छरी समर्पणको मुस्कान
निस्पट्ट अन्धकारमा पनि बालेर मायाको दियो
छर्छे उज्यालो सबैको हृदयमा !
(अंशु युवाकवि हुन् ।)
[email protected]