Uncategorized

निर्देशक राजेन्द्र के.सी.को कविता सङ्ग्रह “मौन आकाश”को लोकार्पण काठमाडौंमा सम्पन्न भयो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले आयोजना गरेको सो कार्यक्रममा समालोचकद्वय प्रा. डा. गोविन्दमान सिहं कार्की र डा. शान्तिमाया गिरीले लोकार्पित कृतिमाथि आआफ्नो समीक्षात्मक मन्तव्य राखका थिए ।
कार्यक्रममा कविहरु मणि लोहनी, मधु पाठक, सुष्मा अंशु, राधिका गुरागाईंले लोकार्पित कृतिबाट एकएक कविता वाचन गरेका थिए । कार्यक्रममा कृतिकार राजेन्द्र के.सी., कार्यक्रमका प्रमुख अतिथि प्राडा. खगेन्द्र लुईंटेल, राधेश्याम लेकाली, रेणु थापा लगायतले आआफ्नो मन्तव्य राखेका थिए । अनेसास नेपालकी अध्यक्ष सन्ध्या पहाडीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा गीता कार्कीले स्वागत मन्तब्य राखेकी थिइन् । कार्यक्रम ऋषभदेव घिमिरेले संचालन गरेका थिए ।