समाचार
बिहानबाट आज छोरीको पाठशाला जाने चलपल छैन । छोरीको सुस्तीपन देखेर आमा बिमला बोल्छिन् “छोरी किन आज पाठशाला न जाने हो ? कि आज बिदा छ ?”
आमाको प्रश्नको उत्तर दिँदै छोरी रिया भन्छिन् “आज हाम्रो बिदा छ ।”
“के को बिदा ? छोरी भन्दै आमाले फेरि छोरीलाई प्रश्न गर्छिन् ।
छोरी रिया अन्कनिन्दै भन्छिन् “खै पहिलो वैशाख भन्दै हुनुहुन्थ्यो ।”
“ए छोरी ! तिमीलाई थाहा छैन ? पहिलो वैशाख भनेको “भन्दै आमा बिमलाले छोरीलाई सोधी ।
“खै नेपाली जातिको नव बर्ष हरे “भन्दै छोरी रियाले भनिन् ।
आमा बिमला छक्क पर्दै भनिन् “अनि तिमी चै कुन जाति ?”
आमाको यस्तो कुरा सुनेर छोरी बोलिन् “म नेपाली जाति ।”
“नेपाली जाति भनेर मात्र हुँदैन नि ! छोरी । आफ्नो संस्कृति रितिरिवाज परम्परा पनि बुझ्नुपर्छ । यो पहिलो वैशाख भनेको त हामी नेपाली जातिको नयाँ साल हो । जसरी हामीले अंग्रेजी साल पहिलो जनवरी मनाउँछौं । उसरी नै यो पहिलो वैशाख पनि मनाउनु पर्ने हो । किन भने यसमा हाम्रोपन लुकेको छ । फेरि हामीले यो सबै बुझी राख्नुपर्छ । हामी जाति नेपाली भनेर जति गर्व गर्छौं । उस्तै हाम्रो हरेक संस्कृति, रितिरिवाज र परम्परालाई पनि सिक्नु र बुझ्नुपर्छ । नत्र केही समयपछि हाम्रोपन यसरी नै बिस्तारै बिस्तारै हराएर जाने छ “भन्दै छोरी रियालाई आज पहिलो वैशाखको दिनमा मज्जाले यसरी नै बुझाई दिइन् ।
जलढाका कालेबुङ
भारत