कठपुतली हो ऊ
तिमीले किनेको दिन
तिमीले सुन्न चाहेको कुरा
जस्ताको तस्तै सुनाइदिन्छ,
जसरी चाहेको हो
त्यसरी नै नाचिदिन्छ
किन्नेले किनिरहन सक्नुप प¥यो
किन्नेले किनिरहुन्जेल
किन्नेले किन्न सकुन्जेल
बिकिदिन्छ चुपचाप
तिमीलाई जब लाग्छ ऊ महँगो
उसको मूल्य तिर्न नचाहेको दिन
किन्न अन्कनाएको दिन
उसको मागअनुसार
मूल्य नचुकाएको दिन
तिमीले सुन्न नचाहेको सुनाइदिन्छ
तिमीले देख्न नचाहेको देखाइदिन्छ
बुझिराख
ऊ त कठपुतली हो तिमीसँग छ भनेर नगर गौरव
आज अलिकति
बढी मोल पाएको बेला
ऊ अरू कसैको भइदिन्छ
कठपुतलीहरूलाई
मैले किन्न सकेँ भने
किन्न सकेको दिन
सजिलै ऊ मेरो पनि भइदिन्छ ।