• २०८१ चैत ३ सोमबार

रोचक घिमिरेलाई पुरस्कृत गरिने

काठमाडौं, ४ चैत्र २०७८

यसै वर्ष स्थापना गरिएको “नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार’’ २०७८ सालको लागि वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेलाई प्रदान गर्ने निर्णय गरिएको छ। उक्त कुरा छनौट समितिका सदस्य देविका तिमिल्सिनाले घोषणा गरी सार्वजनिक गरेका हुन ।

यसरी रोचक घिमिरे “नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार’’ प्राप्त गर्ने पहिलो व्यक्तित्त्व भएका छन ।

“नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार’’ आउँदो चैत्र २२ गते विशेष समारोहको आयोजना गरी प्रदान गरिनेछ ।

रोचक घिमिरे