कविता

कसास यात्री स्मृति पुरस्कार २०७७ को घोषणा गरिएको छ । कसास यात्री स्मृति पुरस्कार २०७७ वरिष्ठ साहित्यकार प्रा. डा. अभि सुवेदीलाई र ‘कसास यात्री स्मृति पुरस्कार २०७८’ वरिष्ठ साहित्यकार प्रा. डा. गार्गी शर्मालाई प्रदान गरिने भएको छ । कपन साहित्य समाजका परिकल्पनाकार एवं संस्थापक संरक्षक साहित्यकार अन्वेषक स्व. पूर्णप्रकाश नेपालयात्रीको स्मृतिमा ‘कसास यात्री स्मृति पुरस्कार स्थापना गरिएको हो ।
कपन साहित्य समाजका अध्यक्ष गणेशकुमार मिश्र र महासचिव लक्ष्मणप्रसाद अधिकारीको प्रेस विज्ञप्ति अनुसार चाँडै एक कार्यक्रम गरी उक्त पुरस्कार वितरण गरिने भएको छ । सो पुरस्कार वितरण कार्यक्रममा कपन दर्पण २०७९ कविता विशेषांक पनि लोकार्पण गरिने भएको छ । भाषा, कला र साहित्यका श्रीवृद्धि गर्ने उद्देश्यले २०६१ सालमा स्थापित उक्त सम्मान २०७५ मा प्रा.डा. दयाराम श्रेष्ठ सम्भव र २०७६ मा वरिष्ठ संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगलाई प्रदान गरिएको थियो ।