कविता

लण्डन ।
बेलायतमा बसी साहित्यसेवा गरिरहेका कवि, मुक्तककार तथा समालोचक दुर्गाप्रसाद पोख्रेलको अङ्ग्रेजी कविता संग्रह ‘Unsung Songs’ प्रकाशित भएको छ । उक्त प्रकाशित कृति आज बिहीबार काठमाण्डौंमा एक समारोहबीच प्रा. डा. पद्म देवकोटाले विमोचन गरे ।
उक्त कृतिमा कवि पोख्रेलका ८५ वटा अंग्रेजी भाषामा लेखिएका कविता समाविष्ट छन् । कविको आप्रवासी अनुभव, देशप्रतिको चिन्ता र चासो, माया, प्रेम, हर्ष, अमर्ष, प्रकृति, समसामयिकता, आत्मचिन्तन जस्ता विविध विषयमा कृति लेखिएको छ ।
प्रसन्नता पोख्रेल प्रकाशक रहेको पुस्तकको आवरण कला शिल्पकार रमेश पौडेलले गरेका हुन् । जम्माजम्मी १५२ पृष्ट रहेको पुस्तकको मूल्य रु ३०० राखिएको छ ।