• २०८३ जेष्ठ २६, मंगलवार

जलरिका साहित्य प्रतिष्ठानद्वारा स्रष्टा सम्मान’को घोषणा

काठमाडौं ।

नेपाली साहित्यमा बितेको लामो समयदेखि समर्पित संस्था जलरिका साहित्य प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्ने ‘बुद्धि–रेशम स्मृति स्रष्टा सम्मान’को घोषणा गरेको छ ।

प्रतिष्ठानले ‘बुद्धि–रेशम स्मृति स्रष्टा सम्मान, २०८३’ नेपाली आधुनिक गीतसंगीततर्फ अग्रज गायक माणिकरत्न स्थापितलाई, समालोचना विधातर्फ प्रा. डा. गोविन्दराज भट्टराई र आख्यानतर्फ आख्यानकार नयनराज पाण्डेलाई प्रदान गर्ने भएको छ । प्रतिष्ठानले स्रष्टालाई जनही नगद राशि एक लाख रुपैयाँसहित ढलौट प्रतिमा प्रदान गर्ने महासचिव रोशन थापा ‘नीरव’ले जानकारी दिए ।