• २०८२ बैशाख ८ सोमबार

प्रेम दिवसमा कविता वाचन

२०७८ फागुन २, काठमाडौँ

साहित्यिक पत्रकार सङ्घ र सखी प्रतिष्ठानको संयुक्त आयोजनामा प्रेमिल कवितावाचन गरी प्रेम दिवस– २०७८ सम्पन्न गरिएको छ ।
सो प्रेम कवितावाचन समारोहमा कालो या नीलो कोट, रातो मफलर या सल भिरेर कविहरूले प्रेम विषयक कविता वाचन गरेका हुन् ।

सङ्घका अध्यक्ष कवि राधेश्याम लेकालकोे स्वागत मन्तव्य र प्रतिष्ठानकी अध्यक्ष मञ्जिला अनिलको धन्यवाद ज्ञापन रहेकोसो कार्यक्रममा कविहरू नरेन्द्रबहादुर श्रेष्ठ, किशोर पहाडी, प्रमोद प्रधान, बाबा बस्नेत, ठाकुर बेलवासे, शिव अधिकारी, यादव भट्टराई, मुरारी सिग्देल, शशी थापा, क्रान्ति पराजुली, गान्दारी कैनी, इलु शर्मा, रूपा पौडेल, पारू तिमिल्सिना, निशा रिमाल, मुना बोहरा, आरती राना, मनिला वन्त, त्रिलोचन प्रधान, मञ्जिला अनिल, राधेश्याम लेकाली लगायतले आ-आफ्ना कविता वाचन गरेका थिए ।