• २०८१ बैशाख ७ शुक्रबार

सुरेश बैद्यका पाँच मुक्तकहरू

सुरेश बैद्य

सुरेश बैद्य

कोही जन्मदा नै आएका हुन्छन् चाँदी को चम्चा लिएर
कसैले त देख्न पनि पाउँदैन जिन्दगीमा हातखुट्टा खिएर
भगवान त समान गर्दैनन भने उस्कै सृष्टि बाट के आश
कसैलाइ एक दानालाई सताउँछन् मस्त गर्छन कोहि टन्न दिएर ।।

बिना कारण पनि कसैलाई बदनाम गर्दो रहेछ
तर यार यो आँशु त सुखमा पनि त झर्दो रहेछ
इज्जत हुनेहरूलाई त हो नि सबैले लखेटने
त्यहि भएर त मनलाई पनि सम्झाउनु पर्दो रहेछ ।।

दिन प्रतिदिन उसको मन अचेल हुँदैछ अस्थिर
खै कुन मसिले लेखिदियो दैवले उसको तक्दिर
डरलाग्दो सपनिले झस्काइ रहन्छ सँधै उस्लाई
हार्दिक श्रद्धान्जलि लेखिएको पो देख्यो आफ्नै तस्बिर ।।

जति तिमी सताउँछौ उति तिमिलाई माया गर्छु
जति म सङ्ग टाढिन खोज्छौ उति तिमीतिर सर्छु
माया को यो खेलमा न तिमी जित्छौ न हार्छु म
जिन्दगि को जङ्घारहरू आपसमा मिलेर नै तर्छु ।।

लौ हेर सखा कसरी कस्सिदै गयो मेरो चोलि
कोहि राजकुमार आए हुन्थ्यो लिएर डोलि
पलपल यो यौवनको रापले कसरि जल्दैछु म
जति सक्यो चाँडो बन्नु छ बेहुलि कति पर्खनु भोलि ।।


सुरेश बैद्य, काठमाडौँ
[email protected]