• २०८१ मंसिर १७ सोमबार

‘हिम्मतवाली आमा डम्बरकुमारी’ लोकार्पण

काठमाडौँ, कात्तिक, ‘हिम्मतवाली आमा डम्बरकुमारी’ पुस्तक सार्वजनिक गरिएको छ । डम्बरकुमारी तिम्सिनाको जीवनीमा आधारित उक्त पुस्तक सोमबार राजधानीमा आयोजित कार्यक्रममा कार्यबाहक प्रधानन्यायाधीश हरिकृष्ण कार्की, माइती नेपालका संस्थापक अनुराधा कोइराला, समाजसेवी तुलसी सुब्बा, लेखक डा. अर्चना थापा र लेखक डम्बरकुमारी तिम्सिना लगायतले लोकार्पण गर्नुभएको थियो ।

उक्त पुस्तक घोस्ट राइटिङ नेपालले प्रकाशन गरेको हो । सो पुस्तकमा करिब ७० वर्षअगाडिको जनजीवन, छोरी, छोराबीचको असमान व्यवहार, बुहारीले झेल्नुपर्ने विविध भूमिकाबारे तिता मिठा आमा डम्बरकुमारीका अनुभव समेटिएका छन्  । पुस्तकमा लेखिएका आफ्ना अनुभव आधामात्र हुन भन्नु हुँदै जीवनको सम्पूर्ण अनुभव एक पुस्तकमा अटाउन्न रहेछ भन्नु भयो ।

कार्यवाहक प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पुस्तकमा विस्तारित घटनाले समाज परिवर्तनको झल्को सहित आजको पुस्ताले समाज बुझ्ने अवसर मिल्ने बताउनु भयो  । लेखक डा. अर्चना थापाले आत्मवृत्तान्त विशेष गरी ठूला ओहोदामा पुगेका, नौलो काम गरेकाको मात्र लेखिने भन्ने भ्रमलाई हिम्मतवाली डम्बरकुमारीले चिरेको र हरेक व्यक्ति तथा सर्वसाधारण जीवन बाँच्नेहरूसँग पनि भन्ने कुरा प्रशस्त हुन्छन् भन्ने कुरा यस पुस्तकबाट प्रमाणित हुने विश्वास व्यक्त गर्नुभयो  । पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले त्यत्तिबेलाको परिस्थितिमा डम्बरकुमारीले भोगेको यथार्थ घटनाबारे पुस्तकमा वर्णन गरिएको छ भन्नुभयो  । अनुराधा कोइरालाले सो पुस्तकले सशक्तीकरणमा प्रेरणा मिल्ने बताउनुभयो ।