• २०८३ भाद्र ३१, बुधबार

प्रकाश घायलका चार मुक्तक

प्रकाश घायल

प्रकाश घायल

(१)
समयको घट्टमा भाग्य….आलोपालो पिसिन्छ
कञ्चन यो….जिन्दगीमा सेतोकालो मिसिन्छ
दनदनी वेदनाको आगो छातीभित्र बल्दा पनि
के गर्नु  ? तिमी साथमै भएनि अंगालो चिसिन्छ ।।

(२)
गलत बाटो हिड्दाको परिणाम बारम्बार रूनुपर्छ
सहमति, सहकार्य पनि निति नियमानुसार हुनुपर्छ
आफैंले गरेका सहमति बिर्सिएर बरालिदै हिड्नेले
समस्या समाधनार्थ आफ्नै छाती लगातार छुनुपर्छ ।।

(३)
जिन्दगीको शान्त तलाउ छल्काउन आउँछन्
घरीघरी आस्थाको गजुर ढल्काउन आउँछन्
ज- जसलाई विश्वास गर्यो तिनै घाती निस्किएर
मनभित्र दनदनपो आगो सल्काउन आउँछन् ।।

(४)
मिठो बहाना बनाउँदै मनभित्र पस्नेहरू पनि छन्
पहिलो हेराइमा नै नजर बाट खस्नेहरू पनि छन्
बिस्वास गरेर प्रेमिल घर बनाउँछु भन्नेहरूको हुलमा
कलेजी छेउ बसेर…मुटुमा छुरा धस्नेहरू पनि छन् ।।


प्रकाश घायल, फुटुङ, काठमाडौ
[email protected]


उड़ान

सच्ची श्राद्ध