उकाली ओराली, र घुम्तीहरू छन्
हटारु, मलामी, र जन्तीहरू छन्
उभिन्छु कुनै क्षण, र मनलाई सुन्छु
म तिमी संगै छु, तिमी संगसंगै छु
यी रंगका कुरा छन्, र जातका कुरा छन्
विचारका, भूगोलका, यी जो संकुचन छन्
म हर्दम् तिमीमा, तिमी मात्र देख्छु
म तिमी संगै छु, तिमी संगसंगै छु
तिमी छ्यौ नजिकै, म तिमी संगै छु
र, छ्यौ सम्झनामा, म तिमी संगै छु
त्यो भेट त्यो निकटता, कहाँ भुल्न सक्छु ?
म तिमी संगै छु, तिमी संगसंगै छु ।
ईश्वर पोखरेल
बोझेपोखरी, ललितपुर