• २०८१ श्रावाण ११ शुक्रबार

रञ्जना निरौलाका पाँच हाइकु

रञ्जना निरौला

रञ्जना निरौला

हाइकु

१.
राष्ट्रको नाम
शपथग्रहण भो
भ्रस्टाचारको

२.
शरद ऋतु
तुषारोको साम्राज्य
थोरै दिनको

३.
झझल्को तिम्रो
सम्झना किनारमा
आँसुको बाढी

४.
घामको माया
हिउँदको सिरेटो
नपुग्ने बरै

५.
कृष्णको रंग
विलयको चाहना
भक्तिको मात