गद्धीहरू फेरिए
चप्पलहरू फेरिए
साइकिलहरू फेरिएर
कारको रूपमा परिणत भए
गाउँगाउँ बस्ती बस्तीबाट उठेर
सहरभरि आकाश छुने
दलिनबाट हेर्दैछ नव सामन्तवाद,
भुँइमान्छे कहिलेकाहीँ न्याय माग्न
सड़क पेटीमा झुम्मियो भने
कतै विरूद्धको इन्कलाबमा
जुलुश बोकेर हिडिरहेको त छैन ?
तर्सन्छ
उनका आँखाहरूले हिजो देखेको बिर्सिए
किनकी
उनिहरू फेरिए
यिनकै कुरा गरेर
हत्याए अभिमत
अनि राज गरे
सेवक हुँ भन्ने जति राजा भए
उस्तै बितेको चक्र समयको
युगान्तकारी छ रटान
भ्रम छरेर पल्टिएको छ समयको साँढे
बाटो कहिल्यै फेरिएन ।
एस.आर. ढकाल, अमेरिका
[email protected]