प्रयास - Aksharang
  • २०७८ असोज १२ मङ्गलबार

प्रयास

गिरीधारी उपाध्याय

गिरीधारी उपाध्याय

यी
हाम्रा
प्रयास
तिमीलाई
विनाश गर्न
कदाचित् हैन नि
तैपनि शंका किन !
हामी त एकै नाउका
दाजुभाइ दिदीबहिनी
हातेमालो गरौँ अघि सरी
तिमी लामा फड्का चलेका
हामी छोटो फड्को गरी
अन्तर यति नै छ
तिमी र हामीमा
तर भावमा
प्रयोगको
प्रवाह
सम्यक्
है ।


गिरीधारी उपाध्याय
विश्वनाथ, असम
giridhariupadhyaya1962@gmail.com