• २०८१ फागुन १ बिहीबार

कथाकृतिहरू कालो गुलाफ र मृत्युको छहारीमा सार्वजनिक

काठमाडौं ।

कथाकारहरू गोपाल अश्कको ‘कालो गुलाफ’ र विनयराज गौतमको ‘मृत्युको छहारीमा’ कथाकृति एक समारोहकाबीच सार्वजनिक भएको छ ।मंगलबार काठमाडौंमा लघुकथा समाज, नेपालद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि समालोचक साहित्यकार प्रा।डा। दयाराम श्रेष्ठलगायतले दुवै कथाकृति लोकार्पण गरे ।

प्रा. डा. श्रेष्ठले आख्यानात्मक शैलीमा मन्तव्य दिँदै कथाकार अश्कका कथाहरूमा तराईको सुगन्ध र लोकजीवन भेटिने उल्लेख गरे । समीक्षक प्रा.डा. कुमारप्रसाद कोइरालाले ‘मृत्युको छहारी’को चर्चा गर्दै कृतिमा आञ्चलिक स्वाद भेटिने बताए । ‘कालो गुलाफ’माथि चर्चा गर्दै समीक्षक ज्ञानु अधिकारीले भोजपुरी समूदायको सांस्कृतिक एवं सामाजिक विषयवस्तु कृतिभित्रका कथाहरूमा भेटिने बताइन ।

सो अवसरमा प्रा. डा. लक्ष्मणप्रसाद गौतम, श्रीओम रोदन, कथाकार अश्क र गौतम, हरि गौतम, तुलसीहरि कोइराला र सुमन सौरभले बोलेका थिए ।


गजल

प्रेम- स्मृति