• २०८१ फागुन ३ शनिवार

‘हाम्रा देव देवी भ्रम र यथार्थ’ पुस्तक लोकार्पण

शाश्वत आचार्य स्मृति प्रतिष्ठानको आयोजनामा किरण आचार्यको सातौं कृति “हाम्रा देव देवी भ्रम र यथार्थ” नेपालगन्जमा लोकार्पण गरिएको छ । लोकार्पण कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिव आदरणीय कथाकार प्राज्ञ सनत रेग्मी, एवम् प्राज्ञहरु महानन्द ढकाल, शशिराम कार्की हरि तिमिल्सिनाबाट कृतिको सामुहिक लोकार्पण गरिएको थियो ।

उक्त पुस्तक माथि समालोचकहरू चरित्रा शाह, लेक प्याकुरेल, बोधप्रसाद प्याकुरेलले समीक्षा गर्नुभएको थियो । प्रस्तुत कृति “हाम्रा देव देवी भ्रम र यथार्थ” १८ वटा उपशीर्षकमा आध्यात्मिक विषयवस्तु समेटेर तयार गरिएको छ । कृति सर्वसाधारणका लागि समेत उपयुक्त रहेको समीक्षकहरूले बताउनु भयो ।

उक्त अवसरमा प्राज्ञ सभा सदस्यहरू महानन्द ढकाल तथा शशिराम कार्कीलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रा. डा. जनार्दन आचार्य, खगेन्द्र गिरि कोपिला, नवीन अभिलासी, कल्पना खरेल, भिमबहादुर शाही, छविलाल खड्का ‘अन्जु न्यौपाने, खेम बगरलगायत तीन दर्जन बढी साहित्यकारहरुको उपस्थिति थियो ।