• २०८१ कातिर्क २५ आइतबार

साह्रै मन पर्छ

गजेन्द्र मोक्तान

गजेन्द्र मोक्तान

ईमीली डिकिन्सन्को
“होप ईज दिथिन्ज् वीद फेदर्स्”
विलियम ब्ल्याकको
“दि लिटल ब्ल्याकब्वई”
विलियम वर्स्वर्थको
“ड्याफ्फोडिल्स” जस्तै
लक्ष्मी प्रसादको “पागल”
शेरचन भुपीको “हामी”
श्रेष्ठ सिद्दिचरणको
“मेरो प्यारो ओखलढुङगा”
कविता- साह्रै मन पर्छ
मलाई त्यही डाँडा पाखा
वरपीपलको छाया मीठो
माथ्लो घरको हजुरबाले
तल्ला घरकि हजुरआमाले
पल्ला गाउँको रामले
गर्जमान भनि मायाले बोलाको
साह्रै मन पर्छ

मलाई होइन बर्गर
मलाई होइन के एफ सी
ईटालियन, अमेरिकन्
फ्रेन्च, अरबीजट्टार
डच कुईजिन भन्दा
मलाई भुटेको मकै
साँदेको भटमास
साँदेको गुन्द्रुक
मुलाको अचार
पोलेको रोटी
कोदाको ढिँडो
अकबरे खोर्सानीसँग
चिरिप्प चिरिप्प टोक्दै
बनाउदै रातो अनुहार
चुहाउदै पसिनाको थोपा
खान साह्रै मन पर्छ

मलाई मारूनी
मलाई सालैज्यु
हाक्पारे, सेलो
अनि लहरे भाका
नेपाली लोकभाका
साह्रै मन पर्छ

चाहिन्न यस्तो घर
पाला जो अन्टिल्ला
जस्तो मुकेश अम्बानीको
चाहिन्न स्टारहुड स्टेट
जस्तो कोलोराडोको
चाहिन्न क्लिफ्ट टु ए
साउथ अफ्रिकाको
चाहिन्न भर्साइलिज फ्लोरिडाको
चाहिन्छ मलाइ
बादलुले छेकेको
सानो मेरो घर
टाट्नामा बाँधेको बाख्रा भेडा
गोठमा गाई भैसी
खोपीमा पालेको महुरीको मह
आहा ! मलाई साह्रै मन पर्छ

खेतको बीचको याक्सा
आवाज झ्याउँकिरीको
भएपनि नमाझेको कित्ली
नुन हालेको चिया
भएपनि खिया लागेको ओदान
हरियो मकै पोलेको
ताप्लेजुङको मामा
पाँचथरको भान्जा
तेह्रथुमको सोल्टिनीसँग
बसेर जिस्किदै खाएको
रमाउँदै कुटु कुटु
कावेलीको तीरमा
साह्रै मन पर्छ

मलाई बेशीँ खेतमा
साथीभाइसँग काट्दै धान
लाउँदै बिटा
उसिनेको स्कुस
उसिनेको फर्सी
फिलिङगेको अचार
मालीगाइको मही
तिर्खाएको बेला
भोक लागेको बेला पिउँदा
साह्रै मन पर्छ

रमाउने स्कटमा
सजाउने अर्ध पोशाकमा
देखाएर नग्न शरीरमा
सजिएकी नारी भन्दा
गुन्यु चोली सारी
लाएकी नेपाली नारी
साह्रै मन पर्छ
मलाई नेपाली मन
मलाई नेपाली तन
मलाई नेपाली संस्कार
मलाई नेपाली माया
साह्रै मन पर्छ !!


गजेन्द्र मोक्तान, पाँचथर
[email protected]