कथा

तिमीले आफ्नो महतारीको काखमा बसेर
जति नै धारा दुध चुहाएपनि
कहिल्यै
कष्ट सहन नसकेर मगजले
जिन्दगीमा उँभो लाग्ने भएनौं भन्दै
घोक्रेठ्याक लगाएर पारी तिर धकेलिदियो,
उसको धक्कालाई अपमानित गरेर
पछाडी फर्कन हिम्मत नै उम्रेन
जन्मभूमिलाई पराइभूमि
बनाउ सक्दिनभन्न सक्ने
हिम्मत हराएको पीडामा
तपतप
अश्रु खस्यो,
सायद रूवाइको पहिलो अध्याय
आरम्भ हुनखोज्दै थियो
नेत्रको अंगालोमा अश्रुलाई बेर्दै
पारीतर्फ उडान भर्न
म तमतयार हुँदै थिएँ
उता
’बाबू आमाको
रुवाइको खण्डले
नि के तन भने चुर्लुम्मै भइसक्यो है
नि के तन बचाउन कै लागिभए पनि त न उड’
भन्दै मेरो मनलाई,
बाबू आमाको मनले पत्र काटिसकेछ
बलवान् मगजको आदेशपत्रको अगाडी
त्यो मनले पठाएको पत्रसुक्ष्म सरी भएछ
अश्रुलाई च्याप्दै
कल्पना, सपना र विपनालाई समिश्रण गर्दै
भुतलाई केलाउदै वर्तमानको समीक्षा गर्दै
र भविष्यको मार्ग कोर्दै
हराइरहेको थियो नेत्र
र
संगसंगै
स्मृति नै स्मृतिले कोचिएको मुटुलाई
अङ्गालेर
मेरो तनपारी तर्फ उड्दै गर्दा,
मनभने, म टाढिदा
रूवाइको नुनिलो रसमा वर्षिरहेको
जन्मभूमि र त्यहाँ रहेका
ताल तलैया र झरनाको
वरपर घुमिरहेको थियो
भुत
वर्तमान र भविष्यत्
काललाई समिक्षा गर्दै
आँसुमा डुब्दा डुब्दै,
काल बितेको पत्तो नै भएनछ,
साच्चै,
परिस्थितिसंग यति अनविज्ञ भएछु कि
आफैं टुक्रा-टुक्रा भएर
बाकसमा सजिएको आफैंलाई
अत्तोपत्तो भएनछ
सायद
म रूवाइको अध्यायमा
विलय हुँदै गर्दा
कालले
फाइदा उठाएर
काललाई नै निम्तो दिएछ क्यारे
मेरो काल सकिएको घण्टी बजेछ
कालले जीवनमा प्रवेश गरेछ
अनि
कतै केही नौलो
अनि केही फरक
अनुभव हुन थालेछ
हिजो अश्रुको वर्षादले
चिसिएको म माथी
आजकालले
अग्निको
वर्षाद गराइदिएछ क्यारे
खुब जलिरहेको
महशुस भइरहेको रहेछ
कालले काललाई
निम्तो गर्यो
जीवनकोअश्रु सकाइदिएछ,
खरानी बनाइदिएछ
सायद, काललाई
म पारीको उडान भर्नु
भन्दा अगाडी र भर्नै लाग्दाको
कालमा भएको
रूवाइको अध्यायले
चित्त दुखेछ क्यारे
त्यसैले त,
रूवाइमा पौडीदै पारी उडेको मलाई
गन्तव्यमै पुग्न नदिइ बिचैमा हरण गरि
रूवाइको अध्यायलाई नै विघटन गराइदिएर
भगवानको मृत्यु आदेश मार्फत
अग्निको कोखमा खसाल दिएर
जताबाट गन्तव्य तय गरेको थिए
त्यतै फर्काइ दिएछ मगजले
जन्मथलोको रूवाइ पखाल्न
अनि हाम्रो स्वर्गको टुक्राको
आर्थिक अवस्था बदल्न
रूवाइ भर्सेस कालको
युद्ध गराएर
पारी तिर धकेल्दिएको थियो,
तर
भगवानको मृत्यु आदेशबाट
कालले प्रवेश गर्यो
र
काल भर्सेस कालको महायुद्ध
चालु भइदियो
जुन महायुद्धको सामु
रूवाइ भर्सेस कालको सामान्य युद्धले
फल्प खाएछ
रूवाइको अध्याय चल्दाचल्दै
दुःख सकाएर सुख भित्राउने
आशमात्र के पलाएको थियो,
मृत्यु आदेश जारी भएछ,
काल सकिएछ,
अनि
कालले नै धुमधाम संग प्रवेश गरेर
सास नै हरण गरिदिएछ
साच्चै
अजिव नै रहेछ
रूवाइ र दुईपक्षिय कालको सम्बन्ध
र
बलवान् नै रहेछ
काल भर्सेस कालको महासङ्ग्राम
आयुष बडाल
[email protected]