• २०८० मंसिर १८ सोमबार

मनदेवीको ताम्राकारको कथासंग्रह ‘छेँदुने’ विमोचन

ललितपुर, कथाकार मनदेवी ताम्राकारको कथासंग्रह ‘छेँदुने’ (घरभित्र) सार्वजनिक भएको छ । विगत चार दशकदेखि कथालेखनमा सक्रिय मनदेवीको यो चौथो कथासंग्रह हो । यसअघि उनका इलं क्यंगु लँ, लँय् खनागु पला र धूफ्वः गरी तीनवटा कृति प्रकाशित छन् ।

सार्वजनिक कृतिमा नारीमाथि हुने घरेलु हिंसा, सामाजिक विभेद, पारिवारिक समस्या, जातीय विभेद, वैदेशिक रोजगारीका नियति लगायत विषय माथि लेखिएका २२ वटा कथा समेटिएका छन् । कथाकृति लक्ष्मणकृष्ण ताम्राकारले प्रकाशित गरेका हुन् ।