• २०८१ पौष २९ सोमबार

आशा

बसिर भद्रवाही

बसिर भद्रवाही

कसलाई सम्झियो मनले फेरि
पलाउन थाल्यो आशा
बन्द छन् झ्यालहरू
झुन्डिएको छ ताल्चा ढोकामा
एकनासले परिरहेछ हिउँ
काला बादल मडारिरहेछन् आकाशभरि
जून घेरिएको छ शोक–उदासीले
ताराहरू डुबिसके
ककरक्क परेको छ हिउँ–जाडोले
भित्र अँध्यारो, बाहिर पनि
हिमनदीलाई नै कसैले निल्छ कि–
सारा आशा र कल्पनाहरू
जसको अस्थिपञ्जर र कात्रो
देख्न थालेको छु म अहिले
शोक–वस्त्र लाएर ह्वार्रह्वार्ती बलिरहेछन् ।

अनुवाद ः राजेन्द्र शलभ