• २०८१ माघ ५ शनिवार

श्री दुलुमणि देवी उपाध्यायका दुई रम्बास कविता

दुलुमणि देवी उपाध्याय

दुलुमणि देवी उपाध्याय

१. माया


आज
स्तब्ध छु
कहिँ भाइ
रित्तै हात पो
बसेको छ कि त
भन्ने सोचेर सारै
पिरोलिएकी छु यहाँ
मेरो मुटुले हर पल
सम्झाएको छ दिदीभाइको
अनमोल प्यारलाई फेरि
एकबार जीवनमा
कहीँ हारे झैँ लाग्छ
यो पापि कोरोना
आजभोलि त
यहाँ कस्तो
बेहाल
हुँदै
छ ।

२. दियो


दियो
भएरै
बलि दिन्छु
हजुर यहिँ
हाम्रो तुलसीको
पवित्रमोठ तल
छरिदिन्छु शीतल ज्योति
आनन्दित हुँदै जेष्ठ जन
हरूको छत्र छायाँमा नै
बसेर हावा बतासको
क्रुर प्रहारले मेरो
केही बिगार्न सक्ने
छैन भन्ने ठान्दै
निर्धक्क हुँदै
बलि दिन्छु
अब त
यहिँ
नै ।


श्री दुलुमणि देवी उपाध्याय
ओदालगढी,असम, भारत
[email protected]