• २०८२ बैशाख ५ शुक्रबार

शून्यशून्य सन्नाटा

बसन्त चौधरी

बसन्त चौधरी

शून्य शून्य छ, सबैतिर सन्नाटा
वाण–वेगझैँ टङ्कार !
मौन मौन म स्वयंलाई यस्तो लाग्छ
यो हो युगको चीत्कार !

तिम्रा निम्ति, हाम्रा निम्ति
विश्व- बह्माण्डका निम्ति
महाविपत् हो कोरोना यो
अझ मानवताकै निम्ति
साहस बटुलौँ, धैर्य अँगालौँ
यै त हो हाम्रो हतियार !

लेक र बेँशी गाउँसहरको
मेल बढाऔँ बेजोड बन्दै
तनले मनले प्राणैले पनि
तीन करोड एक हुँदै
आऊ डट्दै रोगसँग लड्न
गरौँ सबल भै ललकार !

साभार: तिमी विनाको म (कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)