समाचार

जागौँ लौ न ! भनीभनीकन कुनै अत्तालिँदै घुम्दछन्
कुर्सीमाथि जमेर आसन गरी आरामले उङ्दछन्
पत्रैपत्र विनाशका खबर छन् ओझेल भो सिर्जना
गर्नेले जसरी गरेपनि नयाँ नेपालको कल्पना !
पुर्खाको पसिना र सीपनभिजी के बन्दथ्यो सभ्यता ?
बढ्ने हो कसरी अगाडि यसरी बिर्सी हिजोका कुरा
ढल्दैछन् किनमौन सालिकहरू मेटेर सम्भावना
गर्नेले जसरी गरेपनि नयाँ नेपालको कल्पना !
बिग्रेकै त थियो परार यसरीउस्तै भयो पोहर
के फिर्ला ऋतुराजयो मुलुकमा बढ्दैगयो फोहर
मैला छन् मलिला, विचार मलिनामात्रै छ मैलो नयाँ
गर्नेले जसरी गरेपनि नयाँ नेपालको कल्पना !
उस्तै छन् लुटिनेहरू दिनदिनै लुट्नेहरू उत्तिकै
उस्तै छन् निमुखा रुँदै र कुटिँदै कुट्नेहरू उत्तिकै
को खोल्ने अवरोध मार्गभरि छन्खाल्टाहरू झन् नयाँ
गर्नेले जसरी गरेपनि नयाँ नेपालको कल्पना !
चर्केको किनआजदर्पण नयाँबाङ्गो छआफ्नै मुख ?
चर्केका मन–घाउमा सय चिराको भोग्छ नौलो सुख ?
आगो यो भुसको लुकेपनि, धुवाँलुक्दैन आकाशमा
गर्नेले जसरी गरेपनि नयाँ नेपालको कल्पना !
आमाको ममताभुलीनवयुवामुग्लान पस्छन् भने
मेधावीगतिलायुवापनिउतै बेमूल्य बिक्छन्भने
कुर्दैकाल कराल वृद्ध जनले के गर्दछन् सिर्जना ?
गर्नेले जसरी गरेपनि नयाँ नेपालको कल्पना !
………………………………………………………………………………………
(त्रिभुवन विश्वविद्यालयकी सह–प्राध्यापक भट्टराईका एक दर्जन कविताकृति प्रकाशित छन्)
[email protected]