• २०८३ असार २१, आईतवार

वाल्यकाल

हेमलाल जोशी

हेमलाल जोशी

हो
फेरि
मलाई
वाल्यकाल
फर्काई देऊ !
कडा धुपमा म
गाउँ गल्ली घुम्नु छ,
काफलगेडी टिप्नु छ,
वर्षाको पानीमा खेल्नु छ,
नांगै भएर नुहाउनु छ,
आमा बुबालाई ढोग्नु छ,
स्कुल जाँदा आमा मेरी
पैसा देऊ भन्नु छ,
साथी भाईसंग
रमाउनु छ,
खेलकुद
मलाई
गर्नु
छ।


हेमलाल जोशी
गुवाहाटी, असम, भारत
[email protected]