कविता

काठमाडौँ ।
फागुन ६, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानले प्रथम गणतन्त्रवादी कवि युद्धप्रसाद मिश्रको ३३ औँ स्मृति दिवसका अवसरमा ‘युद्धप्रसाद मिश्र’ पुरस्कार अर्पण गरेको छ । पद्मकन्या बहुमुखी क्याम्पसको डेनिस हलमा प्रतिष्ठानका अध्यक्ष डा. फणीन्द्रराज निरौलाको अध्यक्षता र प्रतिष्ठानका महासचिव नन्दु उप्रेतीको सञ्चालनमा वरिष्ठ बालसाहित्यकार तथा शिक्षासेवी शान्तदास मानन्धरज्यूलाई ‘युद्धप्रसाद मिश्र स्मृति पुरस्कार (२०७९) रु. ३१००० र हजार नगद सहित पुरस्कारबाट सम्मान गरिएको थियो । पूर्वमन्त्री सांसद रघुजी पन्तको प्रमुख आतिथ्यमा सम्पन्न यस कार्यक्रममा पुरस्कृत व्यक्तित्व छनोट प्रक्रिया एवम् बिधिकाबारेमा साहित्यकार एवम् पुर्वमन्त्री शान्ता मानवीले स्पष्ट पार्नुभयो भने पुरस्कृत व्यक्तित्व शान्तदास मानन्धरज्यूको व्यक्तित्व र कृतित्वका बारेमा प्रा. डा. जीवेन्द्रदेव गिरीज्यूले प्रकाश पार्नु भयो ।
सम्मान गर्ने क्रममा प्रमुख अतिथि पन्तले पुरस्कृत प्रतिभा शान्तदासले नेपाली साहित्यका विविध पाटोमा र्पुयाएको योगदानको प्रशंसा गर्दै कवि युद्धप्रसाद मिश्रलाई गहिरो गरी चिन्ने व्यक्ति मानन्धर भएको बताउनु भएको थियो ।