• २०८० असोज ७ आइतबार

भीड

बाबुराम न्यौपाने “उत्स”

बाबुराम न्यौपाने “उत्स”

खुलामञ्चमा राजनीति पार्टीको भव्य आमसभा थियो ।
नेताको एक चाटुकार भीडमा कस कसले नेताको भाषण सुनिरहेका छन् भनेर बुझ्न चारैतिर नजर दौडाइरहेको थियो ।
ऊ कार्यक्रमको सुरू देखिनै एकजना श्रोतालाई खुब ध्यान दिएर नियालिरहेको थियो ।
कार्यक्रमको अन्त्यतिर सुटुक्क भीडमा मिसिएर चाटुकारले सोध्यो ।
“तपाईंले कार्यक्रमको सुरूबाटै ध्यान दिएर नेताज्यूको भाषण सुनिरहनु भएको थियो । कस्तो लाग्यो ।
श्रोता साथीतर्फ फर्किएर मुसुक्क मुस्कुरायो । केहीबोलेन ।
छेउमा बसेको साथीभन्दै थियो ।
“यो त भीडको हिस्सा बन्न मात्र आएको हो । यसले जन्मैदेखि कान सुन्दैन ।”


बाबुराम न्यौपाने “उत्स” (दमक, झापा)
[email protected]