• २०८२ बैशाख ८ सोमबार

खबरहरू !

किशन पौडेल

किशन पौडेल

हरेक प्रहर
पलपलमा
आँधी तुफान बोकेर
सुनामी लिएर आउँछ
खबरहरू !

आँसुको भेलहरूमा हेलिँदै
कोलाहलमय भएर
चीत्कार र पीडाहरूको
पोको बोकेर
वेदनाको हुरी बनेर
आँखाको डिलमा ठोकिन आउँछ
हरेक प्रहर खबरहरू !

म निःशब्द
भाव विह्वल भएर
भयभीत हेरिरहेको छु !
हरेक प्रहरका
विक्षिप्त खबरहरू

र नापिरहेछु औँलामा
अक्सिमिटरका पल्सहरु !
र छामिरहेको छु
आफ्नै छाती भित्री
मुटुका धड्कनहरू !


(हेटौडा निवासी पौडेल विगत तीन दशकदेखि साहित्यका विविध विधामा कलम चलाउँदै आएका स्रष्टा हुन् )
[email protected]