• २०८० जेठ १७ बुधबार

विराटनगरमा गुरुकुल

काठमाडौं, ९ चैत २०७८

मङ्गलबार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र भारतीय दूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले संयुक्त रूपमा गुरुकुल भवनको उद्घाटन गरे । भारत सरकारको आर्थिक अनुदान र विराटनगर महानगरपालिकाको सहयोगमा सो भवन निर्माण भएको हो । भवन निर्माणको लागत तीन करोड ५१ लाख रुपैयाँ छ ।

सो अवसरमा महानगरपालिका मेयर पराजुलीले कला, संस्कृति सम्वद्र्धनका लागि नाट्यशाला सहयोगी हुने बताए । गुरुकुलका निर्देशक सुनील पोखरेलले सुविधासम्पन्न नाट्यशाला निर्माणले नाट्यविधाको प्रवद्र्धनका साथै कला, संस्कृति र संस्कार उजागर गर्न बल पुग्ने बताए ।