• २०८३ असार ३०, मंगलवार

साहित्यकार जनक विकको एकल रचना वाचन सम्पन्न

राप्ती ।

राप्ती साहित्य परिषद् दाङ शाखाको ८५ औं शृंखलामा साहित्यकार जनक विकले एकल रचना वाचन गरेका छन् । परिषद्का जिल्ला अध्यक्ष यम रेग्मीको अध्यक्षता एवं राप्ती साहित्य परिषद्का केन्द्रीय पूर्वअध्यक्ष वरिष्ठ साहित्यकार डा.अमर गिरीको प्रमुख आतिथ्यमा एकल रचना वाचन भएको हो । कविमा कविता सम्बन्धी शास्त्रीय ज्ञान हुनुपर्ने प्रमुख अतिथि डा. गिरीले बताए। सिर्जनात्मक कर्ममा सक्रिय, अध्ययनशील र प्रतिभाशाली युवक भनेर साहित्यकार विकको प्रशंसा गरेका थिए। आफ्ना अनुभूति प्रभावकारी ढंगले कवितामा व्यक्त गरेको उनले बताए ।

समाजका विभिन्न पक्षलाई कविता राम्ररी लेखिएको छ । ’एउटा कवि गोष्ठी राखौं र दाङका कविताबारे छलफल गरौं’– डा. गिरीले भने, ’गतिविधिले मात्रै समृद्ध साहित्य, स्तरीय साहित्य बन्दैन ।’ यसैगरी विशिष्ट अतिथि राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार पुरुषोत्तम खनालले कविता अत्यन्त राम्रा गहकिला भएको बताए । समाजलाई रूपान्तरण गर्ने अभियानमा सहयोगी छन् । आँटिलो युवा भनेर लेखनले देखाएको उनको भनाइ थियो ।

वाचनकलामा कहाँनेर जोड दिने कहाँनेर मिलाउनेवारे थप विकास गर्न सुझाए । उनले १२ कविता वाचन गरेका थिए। कवितामा राष्ट्रप्रेम, न्याय र समानता, देशमै रहेर देशकै लागि काम गर्नुपर्छ भन्ने ऊर्जा रहेको समीक्षक प्रगतिशील लेखक संघका जिल्ला सचिव पुरन शर्माले बताए । उनले राजनीति प्रेम, देशको अवस्था सुधार गर्नुपर्ने कुरा र परिवर्तन गरेर पुग्ने लक्ष्य समेत रहेको बताए । विचार विमर्श गरी निकास दिने उज्यालो बाटो देखाउन कविता सक्षम छन् । सो अवसरमा वाचक विकलाई परिषद्ले कदरपत्रले सम्मान गरेको थियो । कार्यक्रममा स्वागत मन्तव्य परिषद्का उपाध्यक्ष सुरेशकुमार पाण्डेले व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन कोषाध्यक्ष सुशीला आचार्यले गरेका थिए ।