...र शलभ

ओखलढुङगा ।
एक कार्यक्रमको आयोजना गरी बुद्धिकुमार बायुङ राईद्वारा लिखित पुस्तक ‘किरात बायुङ राई तुम्लोयालो’ लोकार्पण गरिएको छ । किरात समुदायअन्तर्गत बायुङ राईहरूको मुन्दुमसम्बन्धी उक्त पुस्तक शनिबार सदरमुकाममा एक कार्यक्रमबीच राष्ट्रियगानका सर्जक व्याकुल माइलाले पुस्तकको विमोचन गरे ।
सिद्धिचरण नगरपालिका–११ निवासी बुद्धिकुमार बायुङ राई पुस्तकका लेखक तथा प्रकाशक दुवै हुन् । ७७ वर्षीय उनी बायुङ समुदायको न्वाक्सो अर्थात् पुजारीसमेत हुन् । बायुङ समुदायका मुन्दुम विज्ञ राईले पुस्तकमा सृष्टिको कथादेखि जन्म–मृत्युसम्मका बायुङ समुदायको संस्कारमा प्रयोग हुने मुन्दुमहरूको व्याख्या बायुङ र नेपाली दुवै भाषामा गरिएको छ ।
पुस्तकमा कथा मिथकहरू, जानकारी, कर्मकाण्ड, प्रकृति पूजा, पितृ पूजाजस्ता विषय उल्लेख गरिएको छ । बुद्धिकुमारको यसअघि नै किरात बाहिङ (बायुङ) तुम्लो २०६९ सालमा प्रकाशित भएको थियो । ‘किरात बायुङ राई तुम्लोयालो’ पुस्तकमा चार सय ४७ पृष्ठ रहेको छ । पुस्तकको मूल्य ५ सय ५० रहेको छ । किरात राई यायोक्खा ओखलढुंगाका संस्थापक अध्यक्षसमेत रहेका राई अवकाशप्राप्त भारतीय सेना हुन् ।