• २०८१ भाद्र २५ मङ्गलबार

राजनीतिमा स नै स

तारक धिताल

तारक धिताल

सदैव संभावनाका सागर सबैतिर
सकारात्मक समाधान समेटेर
स्वाभिमानी सहयात्रा सम्बृद्दीको
सयौं कोष सक्नुछ ।
तर,
षडयन्त्र सिर्जित षडयन्त्र
सहकर्मीले सहकर्मी सिध्याउने
शंकै शंका सोहोरीएको सर्वत्र
समीकरण, साथ, सहयोग, सब संकिर्णता
सहनैपर्ने सदावहार सत्ता संघर्षमा ।

सिद्धान्त सुतेछ सपनाको सिरानीमा
संस्कार सडेछ, स्वयम् स्वयम्को स्वार्थ स्वार्थमा ।
शान्ति, सहअस्थित्व, सहकार्य,
सुशासन, स्वअनुशासन, स्वाभिमान, सत्कर्म
सकेनन् सम्झन सबका सहीमर्म
सयौचोटी शब्दोच्चारण मात्र’भो स्वधर्म ।

लौ न
सहनशिल समझदार त रहेछन् हेर जनता
सद् बुद्धी अब नेतागणमा कहिले पलाउला ?


(तारक धिताल चर्चित कवि तथा साहित्यकार हुन् ।)
[email protected]