समाचार

आन्दोलित जुत्ताहरू मध्ये
केही जुत्ता खुट्टा खाने ठाउमा पुगे
तातो घाममै छाडेर सहयात्री योद्धाहरू
जुत्ता घुम्ने मेचमा पुगेपछि
मान्छे र जुत्ता छुट्ट्याउन मुस्किल भयो
गोलस्टारलाइ कुन हैसियतले
घरभित्र पस्न मनाइलेखे ?
छातिभरी सजाउदै कृतिम रङ्गको सपना
नयाँ जुत्ताहरूले
आजकल
मान्छे र जुत्ताहरू पनि उस्तै लाग्छन्
थरीथरीका
जातजातका
वासन्ति वासना कुल्चदै फूलहरूका
नाली र गंगाजल चिन्न छोडे
सडकका सपना लथालिङ्ग छाडेर
अनेकवादका मिश्रति भ्रमित सपना
बांडेर पोल्टाभरी गरिवका
धृतराष्ट्र बने
नयाँ जुत्ता पनि ।
यी कहानी आजका हैनन्
तर पनि
वर्षैपिच्छे दोहोरीरहन्छन्
यहाँनिर फरक केहिछैन्
कैले खुट्टाले जुत्ताको लागि आन्दोलन गरे
कैले जुत्ताले खुट्टाको लागि आन्दोलन गरे
दुबै मिलेर ब्यापारी पोसिरहेछन्
बेचेर देशको माटो ,
झुपडीको सपना र आफ्नै लक्ष्य
के का लागि ?
जीवन आचार्य निश्चल