• २०८३ श्रावण ४, सोमबार

लघुकथाकार गोपीराम भण्डारीको ‘अवरुद्ध आवाज’ सार्वजनिक

काठमाडौँ ।

सुरभि साहित्य प्रतिष्ठानले गोपीराम भण्डारीको लघुकथासङ्ग्रह ’अवरुद्ध आवाज’ को लोकार्पण गरेको छ । लोकप्रिय समालोचक युवराज मैनालीको अध्यक्षता र समालोचक प्राडा खगेन्द्रप्रसाद लुइटेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

ग्रीनलिफ फुड पुतलीसडकमा भएको कार्यक्रममा गोपी मैनाली र महेश प्रसाईले पुस्तकको समीक्षात्मक टिप्पणी गरेका थिए । सुरभि साहित्य प्रतिष्ठानका सहसचिव मेनका पोखरेलले शब्द स्वागत गरेको कार्यक्रमको सहजीकरण संस्थाको सचिव अच्युत घिमिरेले गरेका थिए ।

आख्यानकार नरेन्द्रराज पौडेल, साहित्यकारहरू विमल भौकाजी, सुवासचन्द्र पौडेल, हरिभक्त सिग्देल,खेमराज पोखरेल, लता केसी, मन्जुश्री प्रधान, दिव्य गिरी, रामप्रसाद पन्त,विष्णु पन्त लगायत को उपस्थिति थियो ।