खगेन्द्र संग्रौलाको साधना र सङ्घर्ष पुस्तक एक समारोहको आयोजना गरी विमोचन गरिएको छ ।नेपाल प्रज्ञाप्रतिष्ठानको डबलीमा आइतबार आयोजित सार्वजनिक कार्यक्रममा पूर्वमन्त्री गगन थापा, पूर्वराजदूत महेश मास्के, डा. सविन निङ्लेखु, उषा श्रेष्ठ, लेखक उज्ज्वल प्रसाईले संयुक्तरूपमा सो कृतिको विमोचन गरे ।
कार्यक्रमा बोल्दै पूर्वमन्त्री गगन थापाले यो एक बागी पुस्तक जीवनीपरक कृतिभएको र यसमा खगेन्द्र सङ्ग्रौलाको नेपाली समाजलाई हेर्ने दृष्टिकोण र सङ्घर्षबारे चर्चा गरिएको बताए । उनले भने– “कुनै समय खगेन्द्र सङ्ग्रौला वामपन्थी विचारधाराका व्यक्तित्व जस्तो लाग्थ्यो ।उनबाट कांग्रेसीहरु टाढै रहनु पर्छ, मिसिनु हुँदैन भन्ने लाग्थ्यो ।तर पछि त नेपाली समाज चिनाउने हाम्रा गुरु पो बने ।” उनले आफूहरुलाई प्रश्न गर्न सिकाउने काम उनले गरेर कतिपय प्रश्न आफैंलाई गर्न र कतिपय प्रश्न सङ्ग्रौलालाई पनि गर्नसकेको बताए ।