• २०८३ आश्विन १५, बिहीबार

शान्तिश्री र रबिनको ‘पिर मनैमा’ सार्वजनिक

काठमाडौं ।

चर्चित गायिका शान्तिश्री परियार र रबिन भुसालको स्वरमा रहेको नयाँ गीत ‘पिर मनैमा’ सार्वजनिक भएको छ । रबिन भुसालकै शब्द तथा संगीत रहेको गीतको भिडियोमा बिशाल नेपाली र गीता ढुंगानाले अभिनय गरेका छन्। पूर्वी रुकुमको प्राकृतिक सौन्दर्य, मौलिक भूगोल र स्थानीय परिवेशलाई पृष्ठभूमि बनाइएको भिडियोमा प्रेम, वियोग र पीडाको भावलाई फरक शैलीमा प्रस्तुत गरिएको छ ।

भिडियोको निर्देशन बिशाल नेपालीले गरेका हुन् । विवेक विकको छायांकन रहेको भिडियो अमृत चापागाईंले सम्पादन गरेका हुन् ।