तिमीलाई सम्झँदामा धेरै धेरै आश लाग्छ
तिमी हाँसिदिँदा मलाई छुट्टै प्यास जाग्छ ।।
कैलेको यो भेटघाट कैलेको चिनाजानी
मौनतामै गर्छौ हामी पिरतिको कुराकानी
तिमी रुँदा मेरो संसार उदास उदास लाग्छ
तिमी हाँसिदिँदा मलाई छुट्टै प्यास जाग्छ ।।
हाम्रो यस्तो परिधी छ जहाँ हामी बाँच्नैपर्छ
दु:ख लुकाइ सबै सामु जसरिनी हाँस्नैपर्छ
तिमी कतै नहुँदा मलाई शून्य आभास लाग्छ
तिमी हाँसिदिँदा मलाइ छुट्टै प्यास जाग्छ ।।
असल चरित्र (खोटाङ)
[email protected]