• २०८१ फागुन १ बिहीबार

भारी

कैलासकुमार पाण्डेय

कैलासकुमार पाण्डेय

सयौ भारी उठाएको
कैयौं उकालो चढेको
ओरालो झरेको
अनुभव छ उसंग ।

बिसौनीमा भारी बिसाएर
लामो सुस्केरा हाल्छ
थकान र भारीले आहात छ
असिन पसिन छ
पसिना उसलाई सोध्दैछ
यत्रो विधि किन ?

तरक्क पसिना नितार्दै
हरियो पात हम्कन्छ
उदर निमितं वहुकृत भेषं ।

आज मात्र होइन यस्तै
प्रतेक दिन यो उकालो
यस्तै भारी
यही प्रक्रिया
यही प्रकृति
उसको हरेक दिन यसरी नै बित्छ ।

यो उकालो उसका लागि
उकालो नै होइन
यो भारी उसका लागि भारी नै होइन
जीवनमा कति उकालो काटिए
अति नै गह्रङ्गो भारी उठाइयो
भारी,भारी छेलो
उठाएको छ उसले ।

भारी बोक्दा बोक्दा
नाम,थर नै फेरि सकियो
भरिया दाइ बनी सक्यो
नाम,थर मात्र होइन
वतन,हुलिया नै फेरिएको छ ।

भरियाको उकालो
भरियाको गाउँ
भरिया हिडने बाटो
भरिया भेटने चोक
भरियाको डोको
भरिया बिसौनी
नयाँ नाउ,गाउँ र पहिचान
बनायो ।

आखिर भारी सबैसंग हुन्छ
जिम्मेवारीको भारी
कर्तब्यको भारी
जवाफदेहीताको भारी
पिठ्युँमा राखिएको
डोको भन्दा गह्र्ङ्गो हुन्छ।

उ सधै काटथ्यो उकालो
तरक्क पसिना पुछ्दै
यसरी उठाउथ्यो भारी ।


कैलासकुमार पाण्डेय
परशुराम ५ बिष्णुपुर, डडेल्धुरा