काठमाडौँ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा सम्पन्न ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का बारेमा समाचार लेखन, प्रसारण तथा समीक्षा लेखन प्रतियोगितामा उत्कृष्टहरूलाई पुरस्कृत गरिएको छ ।
बुधबार आयोजित एक समारोहमा प्रदान गरिएको पुरस्कार प्राप्त गर्नेमा सुकृत नेपाल (गोरखापत्र दैनिक), रेनुका ढकाल (दी राइजिङ नेपाल), उर्जा आचार्य (दि काठमाडौँ पोस्ट), दीपेन्द्र ढुंगाना (नयाँ पत्रिका), हेमन्त गौतम (एनटिभी प्लस) पुरस्कृत भएका हुन् ।
प्रतियोगितामा दियालक्ष्मी जोशी (एमएफए, काठमाडौँ विश्वविद्यालय), प्रतिभा खड्का (बिएफए, ललितकला क्याम्पस, प्रतिभा तिवारी (बिएफए, ललितकला क्याम्पस) पुरस्कृत भएका छन् ।
कार्यक्रममा बोल्दै कुलपति नारदमणि हार्तम्छालीले प्रतियोगिताको समीक्षालाई विशेषत: अंकको आधारमा भन्दा पनि ग्रेडको आधारमा मूल्याङ्कन गरिएको बताए । उनले सञ्चार माध्यमले राष्ट्रिय ललितकला प्रदर्शनीलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको धारणा राखे ।
कार्यक्रममा उपकुलपति तथा ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का संयोजक लालकाजी लामा, सदस्य सचिव देवेन्द्र कुमार काफ्ले ‘थुम्केली’, नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनाल लगायतको उपस्थिति रहेको थियो ।