• २०८१ श्रावाण ११ शुक्रबार

प्रयोग

कात्यायन

कात्यायन

उसले सुनेको थियो :
क्रोधमा क्रोध : महाक्रोध !
शान्तिमा शान्त : महाशान्ति !
सहनशीलता नै क्रोध माथिको विजय !
पर्दाभित्रको मौनताको अवसान अवस्यम्भावी !

प्रयोग गरी हेर्यो :
उसले आगोमा आगो हालेर हेर्यो –  ह्वारह्वार्ती दन्किएर बल्यो ।
पानीमा पानी थपेर हेर्यो – सललल्ल बगेर गयो ।
पानीमा आगो हालेर हेर्यो – आगो सेलायो ।
आगोमा पानी हालेर हेर्यो – आगो निभ्यो ।
कसौंडीमा पानी भरेर आगोमा राख्यो – पानी सुक्यो ।


कात्यायन, चाबहिल, काठमाडौँ
[email protected]