कविता

सोच्छ मन सधैँ,
कुन सङ्गत कति घाटा
हिसाब छ सधैँ,
नाफा दिने सम्बन्धहरू
छैन कोही नातागोता,
न छन् कोही साथी
छन् त खालि
तराजूमा जोख्ने सम्बन्धहरू
चिनाजानी भयो कि
मनमनै गणना हुन्छ,
कति फाइदा होला,
कि कतै नोक्सान होला
केही आर्थिक,
केही सामाजिक, केही साहित्यिक
स्वार्थ खुल्लान्,
जोडघटाउको हिसाब चल्ला,
मान्छे चिन्योे कि
मनले फूल- बुट्टा सोच्यो
हरेक मानिस
एक एक खुटकिलै त हो
चढ्नु छ जसरी,
ढाड होस् कि गर्धन होस्
पछि भने ऊ
फगत एक बोझ मात्र हो ।
मूर्खहरू छन्
जीवनभरिका ताना बुन्दै
तिनै जालोमा
जुनिजुनीको सपना देख्छन्
काम सकेपछि,
बेकामेसित बोल्ने किन ?
कहिल्यै भेट
नभए हुन्थ्यो जस्तो गर्छन्
सबै नाता घुम्ने गर्छन्
त्यही जालोभित्र
कठै !
तर रछ्यानमा छन्
प्रेमका किताबरू
सम्बन्धहरू
व्यावसायिक भएका छन् अचेल
निस्कन्छन् मात्र
नाफा नोक्सानका हिसाबहरू ।
(धिताल चर्चित साहित्यकार हुन् ।)
[email protected]