• २०८० मंसिर १३ बुधबार

नयाँ वर्षको शुभकामना

डा. मुकुन्द पथिक

डा. मुकुन्द पथिक

उत्साह लिई अठत्तर साल, हामीमा छायो नि
कोसेली आज हर्षको पोको, सबैमा ल्यायो नि ।

गाएर गीत नाचौँला हामी, बगैँचा घुमेर
वीरको गाथा सुनाऊँ अब, हिमाल चुमेर
नौ रङ्गी फूल फुल्दै छ धेरै, बगैँचा सजाउन
पर्दैछ पानी, चल्दैछ हुरी, प्रदूषण हटाउन ।

कोरोना बढ्यो लौन नि फेरि, होसियार हुनुछ
बुझेर हामी लगाऔँ मास्क, हात पनि धुनुछ
भए त स्वस्थ जाँगर चल्छ, देश विकास हुन्छ रे
पसिना बगे दुःख र पीडा, मजाले धुन्छ रे ।

बिर्सेर सारा पुराना पीर, उमङ्ग भर्नुछ
बालेर दियो अँध्यारो फाली, उज्यालो छर्नुछ
हातमा हात मिलाई हिँडौँ, धर्ती यो हाँस्नेछ
समय छँदै उन्नति गरौँ, नेपाल नाच्नेछ ।

उत्साह लिई अठत्तर साल, हामीमा छायो नि
कोसेली आज हर्षको पोको, सबैमा ल्यायो नि ।


(डा. पथिक चर्चित साहित्यकार हुन् ।)
[email protected]