समाचार

काठमाडौँ
बालसाहित्य सर्जक विजयराज आचार्यको किशोर कथासंग्रह ’मत्स्यकन्या’ हालै बजारमा आएको छ । संग्रहमा तनहुँ, बन्दीपुर र आबुखैरेनी आसपासका मिथक, इतिहास, सम्पदा र प्रकृतिसँग जोडिएका दश कथा समावेश छन् ।
पुस्तकका कथाले तनहुँका धार्मिक, प्राकृति एवं पर्यटकीय स्थलबारेको जानकारी दिनुका साथै त्यहाँका विभिन्न ठाउँको इतिहासबारे जानकारी दिएका छन् । बालसाहित्य सर्जक आचार्यले तनहुँका विभिन्न धार्मिक एवं पर्यटकीय स्थलहरुको भ्रमण गर्नुका साथै पाका मानिसहरुलाई भेटेर त्यहाँका पुराना कुराहरुबारेको जानकारी खोजेर पुस्तक तयार पारेका हुन् ।